नेरुडे लघुवित्तको २३ प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?


काठमाडौँ । नेरुडे लघुवित्त वित्तिय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई २२ प्रतिशत बोनस सेयर र १.१५ प्रतिशत नगद लाभांश गरि २३.१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको साधारण सभाबाट पारित भएपछि लगानीकर्तामा वितरण गरिनेछ ।