नेप्सेमा ११ अंकको गिरावट, लगानिकर्ता भन्छन् नाफा बुक गर्दाको करेक्सन


काठमाडौं । पछिल्लो २ दिन उछाल आएको सेयरबजारमा तेस्रो दिन भने गिरावट आएको छ । नेप्से परिसूचक १४ अंकले घट्दा पनि २ अर्ब माथिको कारोबार भएको छ भने ५ वटा कम्पनीको सेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । दुई दिन उच्च अंकले बढेको बजारमा लगानीकर्ताहरुले नाफा बुक गर्न खोज्दा बजारमा सामान्य करेक्सन आएको लगानीकर्ताहरु बताउँछन् ।

नयाँ सरकारसँगै मन्त्रिपरिषद्को पहिलो बैठकमा सेयरबजारलाई समेटिएको र अर्थमन्त्री विष्णु पौडेलको विगत बजारसेयरबजार मैत्री देखिएको हुनाले लगानीकर्ताहरुको मनोबल बढेको सेयरबजारका जानकारहरु बताउँछन् । आजको करेक्सन भनेको विगतको वियरिसले त्रसित लगानीकर्ता दुई दिनको उच्च बुलमा नाफा बुक गर्न खोजेको देखिने उनिहरुको भनाई छ र।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ११.८१ अंकले घटेर १९७२.१५ अंकमा झरेको छ । यता सेन्सेटिभ परिसूचक पनि ४.७२ अंकले घटेर ३८१.३२ अंकमा झरेको छ ।

नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ८ वटा उपसमूहको सेयर घटेको छ । बाँकी ५ वटा उपसमूहकोे सेयर बढेको छ ।

बुधबार नबिल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ८ करोड ८५ लाख १९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आजको दिन सेन्ट्रल फाइनान्स, प्रभु लाइफ, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त र श्रृजनशिल लघुवित्तले सबैभन्दा धेरै कमाएका छन् । यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज महुली लघुुवित्त वित्त्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.२० प्रतिशतले घटेर प्रतिकित्ता एक हजार २० रूपैयाँमा झरेको छ ।

कूल २५७ वटा कम्पनीको ६५ लाख ३० हजार ४ सय १५ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १५ करोड ३५ लाख ४७ हजार २ सय ७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।