साताको सेयरबजार : ४ दिनमा नेप्से परिसूचक १०५ अंकले बढ्दा बजार पुँजीकरण २८ खर्ब


काठमाडौं । लामो समयको वियरिस खेपेका लगानीकर्ताले यस साता भने राहातको अनुभुति गर्न पाएका छन् । साताको कारोबारको पहिलो सेयरबजारमा उछाल आएसँगै समग्र एक सातामा सेयरबजारले सकरात्मक लय लिएको देखिन्छ ।

सेयरबजार लगानीकर्ताको मनोविज्ञानले धेरै प्रभाव पार्छ भन्ने कुरा चरितार्थ बनेको छ । सरकार परिर्वतनसगै अर्थमन्त्री जर्नादन शर्माको बहिर्गमनमा लगानीकर्ता खुशि बनेको सेयरबजारका जानकारहरु बताउँछन् । जसअनुरुप साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक ५६.८७ अंकले बढेको छ ।

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले नीतिगतरुपमा महत्वपूर्ण सुधार नगरेपनि सबै वर्गहरुलाई समेटेर र बुझ्ने र बुझाउन सक्ने क्षमता भएको हुनाले सेयरबजार विरोधी नीतिहरु नल्याउने लगानीकर्ताको बुझाई छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक ५६.८७ अंकले बढेर १९२४ अंकमा पुगेको थियो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.३८ अंकले बढेर ३७५.४५ अंकमा पुगेको छ ।

यस दिन २५० वटा कम्पनीको ५६ लाख ५३ हजार कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९ करोड ७० लाख ४९ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले अर्थतन्त्रमा देखा परेका तरलता संकुचन, उच्च ब्याजदर विदेशी मुद्राको संचितिमा परेको दवाव तथा पूँजी बजारमा आएको गिरावटलाई सम्बोधन गरी अर्थतन्त्रलाई गतिशिल बनाउने निर्णय गरेको छ ।

मंगलबार नेप्से परिसूचक मन्त्रिपरिषद्ले गरेको पहिलो निर्णयको प्रत्यक्ष प्रभाव सेयरबजारमा देखियो । फलस्वरुप नेप्से परिसूचक ५९.८७ अंकले बढेर १९८३.९५ अंकमा पुग्यो । सेन्सेटिभ परिसूचक पनि १०.६० अंकले बढेर ३८६.०५ अंकमा पुगेको छ ।

यस दिन ४ वटा कम्पनीको सेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । त्यस्तै मंगलबार कूल २६१ वटा कम्पनीको एक करोड २० लाख २९ हजार ६ सय ३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार रूपैयाँ बराबरको कारोबार भएकोे छ ।

साताको कारोबारको तेस्रो दिन बुधबार भने बजारमा सामान्य करेक्सन आएको छ । धेरै समय वियरिस खेपेका लगानीकर्ताले ढुक्क नहुँदा २ दिनको वृद्धिमै नाफा बुक गरेको देखिन्छ ।

यस दिन नेप्से परिसूचक ११.८१ अंकले घटेर १९७२.१५ अंकमा झरेको छ । यता सेन्सेटिभ परिसूचक पनि ४.७२ अंकले घटेर ३८१.३२ अंकमा झरेको छ ।

समग्र नेप्से परिसूचक घटे पनि ५ कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

बुधबार कूल २५७ वटा कम्पनीको ६५ लाख ३० हजार ४ सय १५ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १५ करोड ३५ लाख ४७ हजार २ सय ७ रूपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै साताको कारोबारको अन्तिम दिन बिहीबार भने सेयरबजारमा ५६.८७ अंकको वृद्धि भएको छ । यस दिन ५६ अंकको वृद्धिसँगै नेप्से परिसूचक ३ महिनापछि २००० अंकमाथि पुगेको छ ।

बिहीबार नेप्से परिसूचक ५६.८७ अंकले बढेर २०२९.०३ अंकमा पुगेको छ भने सेन्सेटिभ परिसूचक पनि ९.९८ अंकले बढेर ३९१.३१ अंकमा पुगेको छ ।

यस दिन हिमालयन उर्जा, सानिमा लाइफ, सृजनशिल लघुवित्त,धौलागिरी लघुवित्त, अजोड इन्स्योरेन्स कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै बिहीबार कूल २५७ वटा कम्पनीको ८० लाख २४ हजार ५ सय ५९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८६ करोड ३ लाख ४५ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

साताको कारोबारको चार दिनमा नेप्से परिसूचक १८६७.२१ अंकबाट बढेर २०२९.०३ अंकमा पुगेको छ । ४ दिनको नेप्सेको वृद्धि हेर्दा सेयरबजार इन्भेष्टर र ट्रेडर बजार प्रवेश गरेको देखिन्छ ।

राम्रो भोलुमसहित नेप्सेले गतिलो बाउन्स गरेकोले अब यसअघिको प्रतिरोध विन्दु २०८८ मा बलियो प्रतिरोध सामना गर्न सेयर सेयर विज्ञहरु बताउँछन् ।

यदि बजार यहाँबाट पनि माथि लाग्यो भने यसअघिको प्रतिरोध विन्दु २२२२ तिर अर्को प्रतिरोध सामना गर्न सक्ने र तेस्रो प्रतिरोध भने २३७० मा सामना गर्न सक्छ ।

त्यसैले बजारले अब माथिको यात्रा तय गरेको र बजार घटेमा पनि १९९० र २००० को विन्दुमा सर्पोट लिन सक्ने उनिहरुको दाबी छ ।