राष्ट्र बैंकले दियो प्रभु बैंकले सेञ्चुरीलाई प्राप्तिको अन्तिम स्वीकृति


काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने प्रक्रियालाई अन्तिम स्वीकृति दिएको छ । मंगलबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले स्वीकृति दिए सँगै दुई बैंकबीच एकीकृत कारोबारका लागि बाटो खुलेको हो ।

प्रभु बैंकले सेञ्चुरीलाई १ः१ सेयर स्वाप रेसियामा प्राप्ति गरेको हो । प्राप्तिपछि प्रभु बैंककै सीइओ अशोक शेरचन र अध्यक्ष रहने छन् भने सेञ्चुरीबाट वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपाने र सञ्चालक समितिमा ३ जना समावेश हुने जनाइएको छ।

प्राप्तीपछि प्रभु बैंकको नामबाट पुस २९ गतेदेखि एकीकृत कारोबार गर्ने जनाइएको छ ।