नेप्सेमा ६४ अंकको उछाल, कारोबार रकम साढे ३ अर्ब माथि


काठमाडौं । साताको कारोबारको तेस्रो दिन नेप्सेमा उछाल आएको छ । बुधबार नेप्से परिसूचक ६४ अंकले बढेको छ भने साढे २३ अर्ब माथिको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ६४.८७ अंकले बढेर २१२५.९४ अंकमा पुगेको छ भने सेन्सेटिभ परिसूचक पनि १४.०९ अंकले बढेर ४०८.७२ अंकमा पुगेको छ ।

बुधबार नेप्सेमा कारोबार भएको सबै उपसुमहको सेयर बढेको छ ।

आज नेप्सेमा कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरी लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ११ करोड ५२ लाख ७४ हजार ९ सय २८ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा ८ वटा कम्पनीले सबैभन्दा धेरै कमाएका छन् । यी सबै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज १० प्रतिशत नेपाल एसबीआई बैंक डिबेन्चर २०८६का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यो डिबेन्चरको मूल्य १.९९ अंकले घटेको छ ।

कुल २५८ कम्पनीको ८७ लाख ३३ हजार ५ सय ४२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ०९७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

राष्ट्र बैंकले चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ संशोधन गर्ने पक्का भएसँगै बजारमा उछाल देखिएको लगानीकर्ताहरु बताउँछन् ।