काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा बैंक अफ काठमाण्डू लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेका अनुसार शुक्रबार बैंकको ६ प्रतिशत बोनस बापतको ६३ लाख ७४ हजार ३ सय ९६ कित्ता सेयर सूचिकृत भएको हो ।
बैंकको मङ्सिर २३ गते शुक्रबार सम्पन्न भएको २८औँ वार्षिक साधारण सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ६ प्रतिशत बोनस सेयर र १४।९५ प्रतिशत नगद लाभांश ९कर० समेत गरी कुल २०।९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्