सिबिफिनको नयाँ कार्यसमिति सर्वसम्मत


काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को सर्वसम्मतीकोरुपमा नयाँ कार्यसमिति चयन भएको छ । सिबिफिनको पुस २४ गते भएको तेस्रो वार्षिक साधारण सभाले एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यान अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमिति अध्यक्षमा पवनकुमार गोल्यान, भोजबहादुर शाह (वरिष्ठ उपाध्यक्ष), राजेश उपाध्याय ( उपाध्यक्ष), राजनसिंह भण्डारी (महासचिव), तुल्सीराम अग्रवाल (कोषाध्यक्ष), कुश प्रसाद मल्ली (सचिव), प्रचण्ड बहादुर श्रेष्ठ (सह कोषाध्यक्ष), उपेन्द्र केशरी न्यौपाने (सदस्य), उपेन्द्र प्रसाद पौडेल (सदस्य), लिला प्रकाश सिटौला (सदस्य), मोतिलाल दुगर (सदस्य), राधेस पन्त (सदस्य), महेन्द्र कुमार गोयल (सदस्य), भरतराज ढकाल (सदस्य), हिरेन्द्र मान प्रधान (सदस्य) चयन भएका हुन् ।

नवनिर्वाचित कार्यसमितिका अध्यक्ष गोल्यानले सिबिफिनले स्थापनाको छोटो अवधिमै प्राप्त गरेको विरासतलाई थप उचाईमा पु¥याउदै, बैंकिङ क्षेत्रको साझा संस्थाकोरुपमा विस्तार गर्ने र बैंकिङ क्षेत्रको सुधार, विकास एवं विस्तारमा केन्द्रित हुँदै समग्र राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण टेवा पु¥याउने अभिन्न सहयोगी संस्थाकोरुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
साथै, नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायतका नियामक निकायहरु र सरोकारावाला संस्थाहरुसँग निरन्तर सहकार्य गर्दै तिव्र आर्थिक गतिविधिमार्फत राष्ट्रको अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउने दिशामा केन्द्रित हुने बताए ।