नेसनल प्याब्सनद्वारा पुस २७ गते २५ औं स्थापना दिवस तथा रजत महोत्सव मनाउने निर्णय


काठमाडाैं । नेसनल प्याब्सनले पुस २७ गते २५ औं स्थापना दिवस तथा रजत महोत्सव मनाउने निर्णय गरेको छ ।

केन्द्रीय समितिको दोश्रो बैठकले मुलुकभरका सदस्य विद्यालय, पालिका समिति, जिल्ला समिति, प्रदेश समिति तथा केन्द्रीय समितिले विविध कार्यक्रमहरुको आयोजना स्थापना दिवस तथा रजत महोत्सव मनाउने निर्णय गरेको हो ।

काठमाडौं । स्थापना दिवस तथा रजत महोत्सवका अवसरमा विद्यार्थी केन्द्रीत सेमिनार, गोष्ठि लगायतका कार्यक्रमका साथै सरकारद्वारा छात्रवृत्तिको नाममा विद्यार्थीहरूमाथि गरिएको विभेदलाई केन्द्रविन्दुमा राखेर कार्यक्रमको ढाँचा तयार गर्न समेत निर्देशन दिइएको महासचिव पारसमणि दाहालले जानकारी दिए ।

केन्द्रीय स्तरमा नेसनल प्याब्सन केन्द्रीय समितिको आयोजनामा नेसनल प्याब्सन राष्ट्रिय लोक नृत्य प्रतियोगिता र नेसनल प्याब्सन राष्ट्रिय वक्तृत्वकला प्रतियोगिता राष्ट्रिय सभा गृह भृकुटी मण्डपमा गर्ने निर्णय गरिएको महासचिव दाहालले बताए ।

प्रतियोगितामा सहभागि हुन प्रत्येक प्रदेशबाट माध्यमिक तहमा अध्ययनरत (छात्र / छात्रा) विद्यार्थीहरुको १/१ (एक/एक) वटा नृत्यलाई समावेश गरिने निर्णयमा उल्लेख छ । वक्तृत्वकलामा सहभागि हुन प्रत्येक प्रदेशबाट जम्मा १/१ (एक/एक) जना माध्यमिक तहमा अध्ययनरत (छात्र वा छात्रा) विद्यार्थीलाई सहभागि गराइने नेशनल प्याब्सनले जनाएको छ ।

उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख आतिथ्यतामा सम्पन्नहुने कार्यक्रममा सहभागि हुन सातवटै प्रदेशबाट छानिएका विद्यार्थीहरुको समूह काठमाडौंमा एकत्रित भैसकेको महासचिव दाहालले बताए । विभिन्न जिल्ला समिति तथा व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रम समेत तय गरिएको छ ।

नेसनल प्याब्सन स्थापना दिवसकै अवसरमा उक्त दिन बेलुकी नेसनल प्याब्सन बिगत देखि वर्तमान एक शब्द चित्र नामक वृत्तचित्र प्रदर्शनी, पत्रकार भेटघाट तथा रात्रिभोजको आयोजना गरिएको नेशनल प्याब्सनले जनाएको छ ।