तोलामा ४०० रुपैयाँ घट्यो सुन


काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर तोलाको एक लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सनको मूल्य तोलाको एक लाख तीन हजार रुपैयाँ रहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज मंगलबार चाँदीको मूल्य तोलाको २५ रुपैयाँले घटेर १३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।