लुम्बिनी विकास बैंकको १५ औं वार्षिक साधारण सभा सम्पन्न


काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले १५औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७८ |०७९ को बार्षिक प्रतिबेदन पारित गरि आर्थिक वर्ष २०७९ |०८० को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सँगै शेयरधनीहरुलाई ९।०० प्रतिशत नगद लाभांश र ३।०० प्रतिशत बोनस शेयर सहित कुल १२।०० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष प्रविण कृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न १५औं वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७८| ०७९ को बार्षिक प्रतिवेदन प्रत्यक्ष सहभागी भएका शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पारेका थिए ।

त्यस्तै १५औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समितीको समेत निर्बिरोध चयन गरेको छ । जसमा, संस्थापक शेयरधनीहरु समूह (क) को तर्फबाट चिन्तामणी भट्टराई, रामचन्द्र सिग्देल र प्रविण कृष्ण श्रेष्ठ साथै सर्वसाधारण शेयरधनीहरु समूह (ख) को तर्फबाट गणेशराज रेग्मी, अर्जुन थापा र केशव खतिवडा निर्बिरोध निर्वाचित भएका छन् ।

ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा (मासिक) रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म गर्न मिल्ने समेत बिशेष योजना कार्यान्वयनमा ल्याएको बैंकले जनाएको छ ।