दुर्घटनाग्रस्त जहाजबाट ६ बालबालिकासहित ३० जनाको शव निकालियो


काठमाडौं । पोखरामा भएको जहाज दुर्घटनामा अहिलेसम्म ३० जनाको शव निकालिएको छ ।

कास्की प्रहरी प्रमुख अजय केसीले ६ बालबालिकासहित ३० जनाको शव निकालिएको जानकारी दिए । जहाज ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य रहेका थिए । अहिलेपनि उद्दार कार्य चलिरहेको केसीले बताए ।

यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौताले जहाजमा ६८ जना प्यासेन्जर र ४ जना चालक दलका सदस्य रहेको जानकारी गराएका छन् ।

९ एन एएनसी एटीआर ७२ जहाज काठमाडौंबाट पोखराका लागि बिहान १०ः३३ बजे उडेको थियो । जहाज सेती नदीको खोंचमा खसेको छ ।