काठमाडौँ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । असोज २३ गते सम्पन्न भएको साधारण सभाले बैंकको चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश सर्वसम्मतिले पारित गरेको छ ।
सभालाई सम्बोधन गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष महेश प्रसाद दहालले बैंकले समिक्षा अवधिसम्म हासिल गरेका उपलब्धि, चालु आ.व.को लागि तय गरिएका योजना तथा लक्ष्य एवम् भावी रणनीति बारे सेयरधनीलाई जानकारी गराएका थिए ।
साधारण सभामा उपस्थित सेयरधनीहरूले बैंकको व्यावसायिक गतिविधि, लगानीकर्ताको प्रतिफल वृद्धि, संस्थागत सुशासन, पारदर्शिता तथा व्यावसायिक दक्षता अभिवृद्धि गर्दै बैंकलाई आगामी दिनमा थप सबल वित्तीय संस्थाको रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्