पोखरा नजाने भए प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विमान दुर्घटनास्थल पोखरा जाने भए पनि नजाने भएका छन् । विमान दुर्घटनास्थल अवलोकन गर्न पोखरा जाने तयारीमा थिए । प्रधानमन्त्री दुर्घटनास्थलमा जाँदा उद्धार प्रभावित हुनसक्ने भन्दै पोखरा नजाने भएका हुन् ।

काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको विमान सेती खोंचमा दुर्घटना भएको थियो । विमानमा ७२ जना यात्रु सवार थिए ।