नेपाल डेरी एसोसिएसनले विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउने


काठमाडौं । नेपाल डेरी एसोसिएसनले विभिन्न कार्यक्रम गरेर माघ ७ गते स्थापना दिवस मनाउने भएको छ ।

एसोसिएसनको केन्द्रीय समितिले आ-आफ्नो ठाउँमा आफ्नो तरिकाले स्थापना दिवस मनाउन सदस्यहरूलाई निर्देशन दिएको अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए ।

केन्द्रीय समितिले जारी गरेको निर्देशनमा भनिएको छ,“ हरेक वर्ष यस संस्थाको स्थापना दिवस माघ ७ गते मनाउँदै आईरहेको जानकारी गर्दै विगतका दिनहरुमा झैं यस वर्ष पनि केन्द्रीय पदाधिकारी ज्यूहरु, केन्द्रीय सदस्यज्यूहरू, प्रदेश पदाधिकारीज्यूहरू, सदस्यज्यूहरू एवं सम्पूर्ण डेरी उद्योगी सदस्य महानुभावहरूले आ–आफ्नो ठाउँमा आ–आफ्नो तरिकाले अनिवार्य रुपले २४औं स्थापना दिवस मनाउन केन्द्रिय कार्यालय निर्देशन गर्दछ ।”

आश्रम, स्कुल, अस्पताल आदि स्थानमा दुध तथा दुग्ध पदार्थ वितरण, सरोकारवालाहरुको उपस्तिथिमा कार्यक्रम, कार्यालयमा उपस्थित भइ केक काट्ने, बत्ति बाल्ने, रक्तदान गर्ने, सरसफाइ गर्ने, स्कुलमा कविता, बक्तृत्व कला प्रतियोगिता गर्ने, वा अन्य केहि सामाजिक कार्य गरि मनाउन सकिने एसोसिएसनका महासचिव हेमचन्द्र खनालले जानकारी दिए ।

एसोसिएसनको यस वर्षको नारा,‘दुग्ध क्षेत्रको उन्नति,हामी सबैको समुन्नति’ रहेको छ ।