उखुकाे समर्थन मूल्य प्रतिक्विन्टल ५४०, सरकारकाे अनुदान ७० रूपैयाँ


काठमाडाैँ । सरकारले उखुकाे समर्थन मूल्य ताेकेकाे छ । बुधवार बसेकाे मन्त्रीपरिषद्काे वैठकले उखुको न्युनतम समर्थन मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ तोकेको हाे ।

सरकारले व्यहोर्ने ढुवानी भाडा ७० रुपैयाँ निर्धारण गरिएको पनि उपप्रधानमन्त्री विष्णु पौडेलले जानकारी दिए । “आजको बैठकले उखुको मूल्य प्रति क्वीटल ५४० रुपैयाँ र सरकारले व्यहोर्ने ढुवानी भाँडा रु ७० यो निर्धारण गरेको छ,” उनले भने ।

ताेकिएकाे ५४० रूपैया उद्याेगीले उपलब्ध गराउनेछन् भने प्रतिक्विन्टल ७० रूपैयाँका दरले सरकारले अनुदान उपलब्ध गराउने प्रावधान छ । गत वर्ष उखुकाे समर्थन मूल्य ५२० रूपैयाँ ताेकिएकाे थियाे ।