सिभिल लघुवित्तको स्वतन्त्र सञ्चालकमा दाहाल नियुक्त


काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा रुद्र प्रसाद दाहाल नियुक्त भएका छन् । बैंकिङ्ग क्षेत्रमा ३५ वर्ष भन्दा बढि अनुभव भएका दाहाललाई संस्थाको माघ ९ गते बसेको सञ्चालक समितिको बैठकले चार वर्षको लागि स्वतन्त्र सञ्चालकको लागि नियुक्त गरेको हो ।

दाहाल कृषि विकास बैंकबाट अवकास प्राप्त हुन् । केन्द्रीय कार्यालय काठमाडौं चावहिलमा रहेको वित्तीय संस्थाको ७५ वटा शाखा रहेको छ । संस्थाले १४ हजार घर परिवारलाई वित्तीय सेवा मार्फत कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।