नेपाल डेरी एसोसिएसन र सगरमाथा इन्स्योरेन्स कम्पनी बिमा सम्झौता


काठमाडाैँ । नेपाल डेरी एसोसिएसन र सगरमाथा इन्स्योरन्सबिच बिमा सम्झौता भएको छ ।

डेरी उद्योग र उद्योगमा प्रयोग भएका उपकरणहरू, गाईभैंसीको बिमाका लागि सम्झौता भएको हो । सम्झौतामा एसोसिएसनको तर्फबाट अध्यक्ष प्रल्हाद दाहाल र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सगरमाथा इन्स्योरेन्सले एसोसिएसनमा आवद्ध डेरी व्यवसायी तथा व्यवसायीसँग जोडिएका किसानले १० प्रतिशत कर्पोरेट छुट पाउनेछन् । त्यस्तै इन्सोरेन्सले सम्बन्धित ठाउँमा पुगेर बिमा गरिदिने छन् ।

अध्यक्ष दाहालले भने,“सम्झौता अनुसार बिमा छुट मात्रै होइन प्रक्रिया पनि सजिलो र छिटो हुने छ ।” सगरमाथा इन्स्योरेन्सका प्रत्येक जिल्लाका प्रतिनिधिको सम्पर्क नम्बर एसोसिएसनले उपलब्ध गराउने छ ।

अध्यक्ष दाहालले यो सम्झौताले डेरी उद्योग र उद्योगमा प्रयोग भएका उपकरण तथा यसमा संलग्न किसानलाई पनि फाइदा पुग्ने बताए ।