बुधबार दोहोरो अंकले बढ्यो नेप्से परिसूचक


काठमाडौं । बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १०.३७ अंकले बढेर २१८३.६२ विन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक भने १.३० अंकले घटेर ४१४.२४ विन्दुमा झरेको छ ।

कूल १३ उपसमूहमध्ये आज १० वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ३ वटा उपसमूहको सेयर घटेको छ । बैंकिङ्ग, फाइनान्स र अन्य समूह घटेको हो ।

बुधबार नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १० करोड १४ लाख ८६ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

बुधबार ५ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । ग्रीन लाइफ हाइड्रोपावर, आदर्श लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स, सुर्यज्योति लाइफ इन्स्योरेन्स र बलेफी हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आरबिबि म्युचुअल फण्ड १ का लगानीकर्ताले सबैभन्दा बढि गुमाएका छन् । फण्डको मूल्य ५.७० प्रतिशतले घटेको छ ।

कूल २६१ वटा कम्पनीको ९५ लाख ३२ हजार ८ सय ६७ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।