आइएमई पे एप डाउनलोड संख्या ४० लाख पुग्यो


काठमाडौँ । भुक्तानी सेवाप्रदायक कम्पनी आइएमई पे को एप डाउनलोड संख्या ४० लाख पुगेको छ ।

आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित भुक्तानी सेवाप्रदायक कम्पनी आइएमई पे को एप डाउनलोड संख्या ४० लाख पुगेको अवसर पारेर चन्द्रागिरिमा खुशीयाली मनाएको छ ।

आइएमई ग्रुपमा कार्यरत कर्मचारीको उपस्थितिमा आयोजित पिकनिक कार्यक्रमसँगै उत्सव मनाएको उल्लेख गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले डिजिटल पेमेन्टका क्षेत्रमा रहेका अवसरहरूको विषयमा बताएका थिए ।