सूनको मूल्य हालसम्मकै उच्च


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेर कीर्तिमान कायम भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम भएको हो ।

नेपाल सुनचाँदी महासंघका अनुसार बजारमा आज छापावाल सून प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाा र तेजावी सुन प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

जुन नेपाली बजारमा हालसम्मकै उच्च मूल्य रहेको महासंघले जनाएको छ ।

यस अघि २०७८ फागुन २५ गते कायम भएको सुनको उच्चतम् मूल्य एक लाख पाँच हजार ५०० रुपैयाँको अंक पार गर्दै १ लाख ६ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

हिजो बुधबार भने सुनको मूल्य १०० रुपैयाँले ओरालो लागेर प्रतितोला १ लाख ६ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। हिजो मूल्य स्थिर रहँदै चाँदी १ हजार ३६५ रुपैयाँमा किनबेच भएको थियो।