कामना सेवा विकास बैंकको कामु सीइओमा दाहाल


काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको संचालक समितिको बैठकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा विनय दाहाललाई नियुक्त गरेको छ ।

कामना विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले कर्जा प्रवाह गर्दा अपचलन गरेको भेटिएको राष्ट्र बैंकको अनुसन्धानबाट देखिएको थियो । राष्ट्र बैंकले कर्जा अपचलन भएको भेटिएपछि थप अनुसन्धान गर्न सीआईबीलाई पत्राचार गरेको हो । सो पश्चात बस्नेत फरार भएका थिए ।

बस्नेत फरार भएपछि माघ १३ गते बसेको संचालक समितिको बैठकले माघ १५ देखि लागू हुने गरी दाहाललाई उक्त जिम्मेवारी दिएको हो । दाहाल यस अघि बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहेका थिए ।