२४० वाटको चार्जिङ प्रविधि ल्याउँदै रियलमी


काठमाडौं । रियलमीले आफ्नो आउँदो फ्लागशिप स्मार्टफोनमा २४० वाटको चार्जिङ सपोर्ट हुने जनाएको छ । कम्पनीका अनुसार यो अहिलेसम्मकै सबैभन्दा छिटो हो ।

कटिङ एज चार्जिङ सोलुसन युक्त यो नयाँँ प्रविधिले फोनलाई सुरक्षित र छरितो तरिकाले चार्ज गर्ने उल्लेख गरेको छ । ९८.७% को अत्यधिक उच्च पावर कन्भर्सन रेट भएको यस २४० वाटको इनोभेटिभ चार्जिङ आर्किटेक्चरले लो भोल्टेजमा सुरक्षित तरिकाले चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

यो भन्दा अगाडि रियलमीले २०२१ मा ६७ वाटको चार्जिङ प्रविधि अपनाउँंदै मिड रेन्ज सेग्मेन्टमा फास्ट चार्जिङको सुविधा दिएको थियो । त्यस्तै २०२२ मा पनि रियलमी जिटि नियो ३ मार्फत पहिलो पटक १५० वाटको फास्ट चार्जिङको सुविधा दिएको थियो । कम्पनीका अनुसार यसले २० मिनेटमै शुन्यबाट शत प्रतिशतसम्म मोबाइल चार्ज हुने गरेको थियो ।