सहकारीको नियमनमा बालेनको चासो


काठमाडौं । सहकारी संस्थाहरुमा ठगीकाे गुनासो तथा उजुरी बढेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले चासो देखाएका छन् ।

मेयर शाह नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेट्न सोमबार राष्ट्रबैंक पुगेका थिए । काठमाडौं महानगरको क्षेत्राधिकारअन्तर्गत रहेका सहकारी संस्थाको नियमन र सुपरिवेक्षणको सन्दर्भमा गभर्नर अधिकारी मेयर शाहबीच छलफल भएको हो ।

राष्ट्र बैंकका अनुसार उनीहरुबीच समसामायिक आर्थिक स्थितिका विषयमा समेत छलफल भएको थियो ।

देशभर रहेका करिब ३२ हजार सहकारी तीन तहका सरकारको नियमन तथा सुपरीवेक्षण राम्रो नहुदा गुनासो तथा उजुरीको संख्या बढ्दो छ ।