अन्तर बैंक एटीएम प्रयोग गर्दा पैसा लाग्ने


काठमाडौं । अन्तर बैंक एटीएम प्रयोग गर्दा पैसा लाग्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकिकृत निर्देशन २०७९ जारी गर्दै अन्तर बैंक एटीएम प्रयोग गर्दा महिनामा २ पटकसम्म पैसा नलाग्नेमा अब भने बैंक तथा वित्तीय संस्थाले प्रति कारोबार बढिमा १५ रुपैँयासम्म लिन पाउने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले यो निर्देशिका जारी गर्नु अगाडी महिनामा दुई पटकसम्म अन्तरबैंक एटीएम प्रयोगर्दा शुल्क लिन नपाउने व्यवस्था थियो ।

राष्ट्र बैंकसँग इजाजत प्राप्त विप्रेषण कम्पनीसँग सम्झौता गरेर नेपालमा सञ्चालित विद्युतीय वालेटमा रेमिट्यान्स भित्राउन सकिने उल्लेख गरेको छ ।

भुक्तानी सेवा प्रदायक संस्थाले विप्रेषण कम्पनीसँग सम्झौता गरेर विदेशबाट आप्रवाह हुने रकम नेपालमा सञ्चालित विद्युतीय वालेटमा जम्मा हुने गरी रेमिट्यान्स भित्राउने सकिने जनाएको हो । यसरी रेमिट्यान्स प्राप्त गर्दा वालेटमा रकम जम्मा गर्न तोकिएको सीमाले बाधा नपुर्याउने उल्लेख गरेको छ ।

ओभर नाइट ब्यालेन्स सीमाभन्दा बढी भएको अवस्थामा प्रापकले उपलब्ध गराएको बैंक खातामा स्थानान्तरण हुने व्यवस्था भुक्तानी सेवा प्रदायक संस्थाले मिलाउनु पर्ने राष्ट्र बैंकले जनाएको छ ।