नेप्सेमा दुई कम्पनीको सेयरमूल्य समायोजन


काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा दुई हाइड्रोपावर कम्पनीहरुको सेयरमूल्य संमायोजन भएको छ । बुधबार रिडी पावर लिमिटेड र अरुण भ्याली हाइड्रोपावर लिमिटेडको सेयर मूल्य समायोजन भएको हो ।

आज (माघ १८ गते बुधबार) दुबै कम्पनीको बोनसको बुकक्लोजसँगै नेप्सेले समायोजित सेयरमूल्य निर्धारण गरेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चुक्ता पुँजीको ४० प्रतिशत बोनस सेयर समायोजनपछि प्रतिकित्ता ३८५ रुपैयाँ मूल्य तोकिएको छ । यस्तै अरुण भ्यालीको ८ प्रतिशत बोनस सेयर समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३०८ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।

मंगलबार रिडी पावरो सेयर ५३९ रुपैयाँमा तथा अरुण भ्याली हाइड्रोपावरको ३३३ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।