कालिञ्चोक दर्शनको आइपीओ भोलि बाँडफाँड हुने


काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ भोलि बाँडफाँड हुने भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ काठमाडौंको नक्साल स्थित कार्यालयमा बिहीबार बिहान साढे ९ बजे बाँडफाँड हुने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले जनाएको छ ।

कम्पनीले गत माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि १० करोड ८० लाख रुपैयाँबराबरको १० लाख ८० हजार कित्ता आईपीओ जारी गरेको थियो। जसमा १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको थियो।

कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ५४ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो। बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणले आवेदन दिएका छन्।

यो आईपीओमा निष्कासनको अन्तिम दिनसम्म १४ लाख ३२ हजार ८८१ आवेदकले कुल १ करोड ६६ लाख ८ हजार कित्ताका लागि आवेदन दिएका छन्। यो आईपीओमा मागभन्दा १८.५२ गुणा बढी आवेदन परेको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी ८९ हजार ६४० जनाले मात्र सेयर हात पार्ने बिक्री प्रबन्धकले जनाएको छ ।