‘ढुवानी खर्च महङ्गो हुँदा नेपाली उत्पादनलाई प्रतिस्पर्धा गर्न कठिन’


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र भारतको उत्तरपूर्वी विकास वित्त निगम लिमिटेड (नेडफी) का प्रतिनिधि बिच भेटवार्ता भएको छ ।

भारतको उत्तरपूर्वी क्षेत्र र नेपाल बीचको कनेक्टीभीटी परियोजनाहरूको अध्ययनको सिलसिलामा नेपाल भ्रमणमा आएको नेडफी र महासंघ बिच भेटवार्ता भएको हो ।

भेटवार्तामा महासंघका अध्यक्ष शेखर गोल्छा, महानिर्देशक गोकर्णराज अवस्थी र जेएनयूका वरिष्ठ प्राध्यापक एवं नेपाल सम्बन्धी जानकार महेन्द्र पी. लामाको नेतृत्वमा नेपाल भ्रमणमा आएको निगमको तीन सदस्यीय टोली सहभागी थियो ।

बैठकमा दुुई देश बीचको व्यापार तथा लगानीको पछिल्लो अवस्थाका साथै हालको व्यापार तथा लगानीको अवस्थामा सुधारका विषयमा छलफल भएको थियो । नेपाल, भारतको उत्तरपूर्वी क्षेत्र र अन्य दक्षिण एसियाली देशहरू बीच क्षेत्रीय मूल्य श्रृंखलाको विकासका सम्भावनाहरू बारे पनि छलफल भएको जनाइएको छ ।

छलफलमा दुुई देशले प्रयोग गर्दै आएका व्यापारिक नाकाहरूमा रहेका अवरोध, आयात निर्यातलाई थप सहजीकरण गर्न गर्नुपर्ने पहल, लगानी विस्तार तथा निर्यातमा रहेका समस्यामाथि सुुझाव दिन भारतीय टोलीले आग्रह गरेको छ । आयात÷निर्यात सम्बन्धी नीतिगत समस्या, पूर्वाधार, सिमा सुरक्षा, प्राविधिक तालमेल आदिका विषयमा पनि छलफल भएको छ ।

महासंघका अध्यक्ष गोल्छाले नेपाल भारत बीच विशिष्टिकृत सम्बन्ध रहेको र आर्थिक विकासको प्रयासमा पनि नेपालले सधै भारतीय सहयोगको अपेक्षा गरेको बताएका छन् । दुुई देश बिचको व्यापारिक नाकाहरुको अवस्था अत्यन्त कमजोर रहेको, चिया, अलैची, अदुवा लगायतका नेपाली कृषि उत्पादनहरु भारतीय व्राण्डको नाममा विश्व बजारमा जाने गरेकाले यसमा भारतीय पक्षबाट उदारतापूर्वक सहयोग हुनुुपर्ने सुुझाव राखेका छन् ।

कृषि उत्पादनको परिक्षणका नामंमा गैह्र भंसार अवरोध श्रृजना गरिदा नेपाली निर्यातकर्ताहरुले ठूलो नोक्सानी व्यहोर्नु परेको उनले बर्ता । अहिले भारतले गहुं निर्यातमा प्रतिवन्ध लगाउंदा नेपाली उद्योगहरु समस्या परेको पनि जानकारी गराएका छन् ।

नाकाहरु अत्यन्त कमजोर रहँदा नेपालको पारवहन÷ढुवानी खर्च अत्यन्त महंगो हुन जांदा भारत सहित तेस्रो मुलुुकका वजारमा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न कठिनाई भएको अध्यक्ष गोल्छाले स्पष्ट पारेका छन् ।

नेपाली उत्पादनहरु भारतीय वजारका साथै बंगलादेश लगायत तेस्रो मुलुकमा सहज निकासीमा भारतीय पक्षबाट सहयोग हुनुुपर्ने, निर्यात नाकाहरुको विस्तार तथा स्तरीकरणमा सहयोग हुन सो अवसरमा आग्रह गरेका छन् ।

अध्यक्ष गोल्छाले यसअघि जस्तो सुकै अवस्थामा आपसी व्यापार भएपनि अबको समयमा क्षेत्रीय सन्निकटता (कनेक्टिभीटी) लाई विस्तार गर्दै आर्थिक गतिविधि, लगानी प्रवद्र्धन स्मार्ट तरिकाले गर्नुपर्ने सुुझाव दिए ।

उनले आगामी मार्चमा काठमाडौमा नेपाल भारत लगानी सम्मेलन हुने बताएका छन् । पूर्वाधार विकासमा ठूलो मात्रामा भारतीय लगानीको अपेक्षा नेपाली निजी क्षेत्रले गरेको गोलछाले बताए ।

महासंघले नेपाल, भारत सहित क्षेत्रीय आर्थिक सम्बन्ध विस्तारमा रहेका चुनौती तथा समस्या सम्बन्धमा अध्ययन गरि छिट्टै सुुझाव पेश गर्ने पनि नेडफीको प्रतिनिधिमण्डलाई जानकारी गराए ।

नेडफीले भारतको उत्तरपूर्वी क्षेत्रमा औद्योगिक, पूर्वाधार, कृषि सम्बद्ध परियोजनाहरु स्थापना गर्नका लागि लघु, साना, मझौला र ठूला उद्यमहरुलाई वित्तीय सहायता प्रदान गर्दै आएको र यसमा नेपालसंग पनि कसरी सहकार्य गर्न सकिन्छ भनि अध्ययन गर्न नेपाल भ्रमणमा आएको नेडफीका अध्यक्ष मुर्तीले जानकारी गराएका छन् ।

जेएनयूका वरिष्ठ प्राध्यापक लामाले दुबै देश बिच रहेका नीतिगत, संरचनागत, पूर्वाधार, कार्य तौरतरिका, प्रविधि आदिमा रहेका असमानतालाई कम गरी आर्थिक विकासका माध्यमबाट आपसी लाभ लिने कार्यमा कसरी संयुक्त रुपमा अगाडि बढ्न सकिन्छ भन्ने अध्ययन गर्न आफूहरु नेपाल भ्रमणमा आएको स्पष्ट पारे ।

महासंघबाट आएका सुुझावहरुलाई आफूहरुले सम्बन्धित निकायमा सम्बोधन गराउने कार्यमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले हाल कायम रहेका नाकाका अतिरिक्त ताप्लेजुङको चिवा नाका लगायत थप अन्य नयाँ नाकाहरु खोली आर्थिक गतिविधिलाई थप विस्तार गर्नुपर्ने सुुझाव दिए ।

यसले ताप्लेजुङ, पाथीभरा, सिक्किम सहित त्यस क्षेत्रका अन्य जिल्लाहरुलाई जोड्ने र त्यसबाट ठूलो लाभ उठाउन सकिने धारणा प्राध्यापक लामाले राखेका छन् ।