मंगलबार सेयरबजारमा ७६ अंकको उछाल


काठमाडौं । केही दिनदेखि गिरावट आएको बजारमा आज भने उछाल आएको छ । मंगलबार नेप्से परिसूचक ७६ अंकले बढ्दा कारोबार रकम पनि ३ अर्ब माथि पुगेको छ ।

राष्ट्र बैंकको तत्थ्यांक सकरात्मक आएपछि लगानीकर्ताको मनोबल वृद्धि भएको सेयरबजारका जानकारहरु बताउँछन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से परिसूचक ७६.६४ अंकले बढेर २१७७.३४ अंकमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि १२.८५ अंकले बढेर ४१५.०१ अंकमा पुगेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै लगानी समूह बढेको छ ।

नेप्सेमा आइतबार कारोबार रकमको आधारमा एनआईसी एशिया बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको १२ करोड ९२ लाख ४२ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आजको दिन नेप्सेमा बरुण हाइड्रोपावर, खानिखोला हाइड्रोपावर, राधी जलविद्युत् कम्पनी र आर्दश लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी ४ वटै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लगोको छ ।

त्यस्तै नेप्सेमा आज आईसीएफसी फाइनान्स डिबेञ्चरको मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त डिबेञ्चरको मूल्य ५.९० प्रतिशतले घटेको छ ।

कूल २६० वटा कम्पनीको ९३ लाख ३३ हजार ७ सय ८८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।