विजय लघुवित्तको कारोबार रोक्का


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको कारोबार रोक्का गरेको छ ।

यस लघुवित्तले माघ १० गते लाभांस घोषणा गरेपनि नेप्सेमा माघ २५ गते मात्रै जानकारी गराएको कारण कारवाही स्वरुप कारोबार रोक्का गरेको नेप्सेले जनाएको छ ।

नेप्सेले एक पत्र जारी गर्दै विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको कारोबार रोक्का गरेको हो ।

के कति कारणले समयमानै जानकारी नदिएको हो ३ (तीन) कार्यदिन भित्र स्पष्टिकरण पेश गर्न नेप्सेले अनुरोध गरेको छ।