ग्लोबल आइएमई बैंकको ऋणपत्र निष्काशन, वार्षिक ११.२५ प्रतिशत


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आजदेखि ऋणपत्र निष्काशन गरेको छ । बैंकले आइतबार आजदेखि ५ अर्ब रुपैयाँ बराबरको ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४(८५ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको होे ।

बैंकले ५ वर्षे अवधिको लागि ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र जारी गरेको हो । उक्त ऋणपत्रमा वार्षिक ११.२५ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ ।

उक्त परिमाणमध्ये ६० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । बाँकी ररहेको ४० प्रतिशतले हुन आउने २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता भने सर्वसाधारणमा बिक्री गरिनेछ।

बाँकी रहेको २० लाख कित्तामध्ये सामूहिक लगानी कोषलाई बाँडफाँट गरेर त्यसबाट पनि बाँकी रहेको ३० हजार कित्ता सहित १९ लाख ३० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।

छिटोमा फागुन ३ गते बन्द हुने यो ऋणपत्रमा उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेको खण्डमा फागुन १४ गतेसम्म लम्ब्याइने बताइएको छ । उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्ने र अधिकतममा भने १० लाख कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था छ ।

बैंकका अनुसार सनराइज क्यापिटल निष्काशन तथा बिक्री प्रबन्धक रहेको यो ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो शेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।