उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीद्वारा राजीनामा


काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् ।

मन्त्री यादवले प्रधानमन्त्री वालेन्द्र शाहलाई आज राजीनामा बुझाएकी हुन् । पछिल्लो समय ग्यासको अभाव चर्कदै गएका बेला आपूर्ति सहज बनाउनुपर्ने चुनौतीका बिच यादवको राजीनामा आएको हो ।

मन्त्री यादवले राजीनामा बुझाएको उनको सचिवालयले पुष्टि गरेको छ ।