जनउत्थान सामुदायिक लघुवित्तको लाभांश घोषणा, बोनस सेयर कति ?


काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक ०७८÷७९ वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १५.७९ प्रतिशत लाभांश वितरण गरेका छन् ।

माघ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १४ करोड ७९ लाख ६ हजारको आधारमा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् मात्र वितरण हुनेछ ।