हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार फागुन १२ गतेदेखि


काठमाडौं । हिमालयन बैंकले र सिभिल बैंकको एकीकृत कारोबार फागुन १२ गतेदेखि सुरु हुने भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई लाई प्राप्ति गरेपछि फागुन १२ गतेदेखि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार हुने भएको हो ।

गत असार २९ गते हिमालयन र सिभिल बैंकबीच प्रारम्भिक सम्झौता भएको थियो। उक्त सम्झौताअनुसार हिमालयन बैंकले सिभिल बैंकलाई १००ः८०।२८ अनुपातमा प्राप्ति गरेको हो। प्राप्तिपछि बैंकको रजिस्टर्ड कार्यालय हाल हिमालयन बैंकको रजिस्टर्ड कार्यालय रहेको स्थान काठमाण्डौको कमलादीमा रहने बैंकले जनाएको छ ।

दुवै बैंकको पुस २८ गते सम्पन्न साधारण सभाले हिमालयन बैंकले र सिभिल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको थियो।

एकीकृत कारोबार सुरु गर्न सिस्टम अपग्रेड र डाटा माइग्रेसनका लागि हिमालयन बैंकको फागुन ८ गते सन्ध्याकालीन काउन्टर सेवा, फागुन १० गते र फागुन ११ गते बैंकिङ सेवा बन्द रहेछन्। सिभिल बैंकको सम्पूर्ण शाखा कार्यालय फागुन ८ गतेदेखि फागुन ११ गतेसम्म बन्द रहनेछन्। सिभिल बैंकका शाखा कार्यालयहरु फागुन ७ गते आइतबारसम्मबा सुचारु रहनेछन्।

यता, फागुन १२ गतेदेखि एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेशन गर्न हिमालयन बैंकको फागुन ८ गतेको सन्ध्याकालिन काउन्टर सेवा र १० र ११ गते सबै सेवाहरु अवरुद्ध हुनेछन्। यस्तै, सिभिल बैंकको भने फागुन ८ गतेदेखि ११ गतेसम्म सबै सेवाहरु अवरुद्ध हुनेछन्।