बीबीसीको दिल्ली र मुम्बई कार्यालयमा आयकर कार्यालयकाे छापा


काठमाडौँ । बेलायतको समाचार संस्था बीबीसीको दिल्ली र मुम्बई कार्यालयमा आयकर कार्यालयले छापा मारेको छ ।

करछलीको आशंकामा बीबीसीको कार्यालयमा छापा मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आयकर विभागका अधिकारीहरूले बीबीसीका सबै कर्मचारीको फोन जफत गरेका छन् ।

छापा मारिएसँगै कर्मचारीलाई कार्यालय छाडेर घर जान पनि भनिएको छ ।

दिउँसोको सिफ्टका मानिसहरूलाई घरबाटै काम गर्न भनिएको छ।

छापा मारेको जानकारी लण्डनस्थित बीबीसीको कार्यालयमा दिइएको भारतीय सञ्चारमाध्यमको भनाई छ ।

बीबीसीले गुजरात दंगाको वृत्तचित्रमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई आरोपित गरेपछि यो परस्थिति उत्पन्न भएको विपक्षीको आशंका छ ।

दिल्लीमा बीबीसीको कार्यालय भवनको ५, ६ र ११ औं तलामा छ र तीनै तल्लामा १५-२० आईटी अधिकारीहरू खटिएका छन् । दिल्ली प्रहरीलाई बीबीसी कार्यालय बाहिर तैनाथ गरिएको छ।