काठमाडौँ । लुम्बिनी विकास बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुमन आचार्यले आजदेखि आफ्नो कार्यभार सम्हालेका छन् ।
सञ्चालक समितिको निर्णय अनुसार बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त सिइओ आचार्यले आजदेखि कार्यभार सम्हालेको बैंकले जनाएको छ ।
बैंकिङ्ग ,व्यापार तथा जोखिम व्यवस्थापन क्षेत्रमा अनुभवी मानिएृका आचार्यको कार्यकालमा संस्थागत तथा रणनीतिक विकास, सुशासन तथा दिगो बैंकिङ्ग अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास बैंकको छ ।
नवनियुक्त सिइओ आचार्यले बैंकको दीर्घकालीन लक्ष्य, उच्चस्तरीय ग्राहक सेवा, कर्मचारीहरूको उच्च मनोबल तथा सम्पूर्ण सरोकारवालाहरूले यस बैंकप्रति राखेको विश्वासलाई अझ सुदृढ बनाउँदै बैंकलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्