नेप्से ५२ अंकले घट्दा कारोबार रकम भने साढे २ अर्ब माथि


काठमाडौं । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक भारी अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक ५७ अंकले घट्दा कारोबार रकम भने बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक ५७.७४ अंकले घटेर २०२२.६४ अंकमा पुगेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक पनि ११.९८ अंकले घटेर ३८४.३६ अंकमा पुगेको छ ।

नेप्सेमा आज कारोबार भएका १३ वटा उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्य घटेको छ ।

आजको दिन छिमेकि लघुवित्त वित्तीय संस्थाको लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ८ करोड ७० लाख ७३ हजार ३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै बिहीबार नेप्सेमा नेपाल हाइडो डेभलपर्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

त्यस्तै आजको दिन छिमेकी लघुवित्त वित्तीय संस्थाका लगनीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

कुल २६० कम्पनीको ६३ लाख २६ हजार १ सय ५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५२ करोड २७ लाख १३ हजार १ सय १५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।