यती एअरलाइन्सको उडान टिकट ‘नमस्ते पे’ बाट खरिद गर्दा ३ सयसम्म क्यासब्याक


काठमाडौँ । ‘नमस्ते पे’ ले फागुन १० गतेदेखि चैत ७ गतेसम्म २८ दिनका लागि ग्राहकहरूलाई यती एअरलाइन्सको उडान टिकटमा विभिन्न अफरहरू ल्याएको छ ।

नमस्ते पेबाट उडान टिकट खरिद गर्ने ग्राहकहरूले (फ्लाई ३००) प्रोमोकोड प्रयोग गरेर आफ्नो वालेटमा रु।३०० को फ्ल्याट क्यासब्याक पाउनेछन्। साथै, प्रत्येक हप्ता एक जना भाग्यशाली उडानकर्ताले आफ्नो वालेटमा १००५ क्यासब्याक पाउने कम्पनीले जनाएको छ ।

नमस्ते पे प्रयोगकर्ताहरूले नमस्ते पे वालेट मार्फत सुपथ मूल्यमा आन्तरिक गन्तव्यहरूको लागि उडान टिकटहरू (एकतर्फी र राउन्ड ट्रिप) खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।