काठमाडौँ । च्याउ उम्रेसरी सहकारी संस्थाहरु स्थापना गर्न दिदाँ यस्ता समस्या आएको नेपाल राष्ट्र बैंकका संचालक समिति अध्यक्ष चिन्तामणि शिवाकोटीले बताए ।
आइतबार भएको ‘सहकारीमा संकट : कारण र समाधान विषयक’ अन्तक्रिया कार्यक्रममा अध्यक्ष शिवाकोटीले धेरै सहकारी संस्थाहरु स्थापना गर्ने इजाजत दिँदा सहकारी संस्थाहरु समस्याको चपेटामा परेको बताएका हुन् ।
उत्पादन बढाउनु पर्ने, सदस्यहरूको आर्थिक कारोबारलाई बढावा दिनु पर्ने, रोजगारी दिनुपर्ने र मुलुकको अर्थतन्त्रलाई टेवा पुर्याउने भनेर सहकारी खाेलिएको भएपनि उनले सहकारी संस्थाहरु कसरी चाँडो पैसा कमाउने, घरजग्गामा लगानी गर्ने तर्फ लाग्दा अहिले समस्या देखिएको शिवाकोटीको भनाइ छ ।
शिवाकोटीले सहकारी संस्थाहरु समस्यामा पर्दा राष्ट्र बैंकलाई गाली गर्नु मुर्खता रहेको बताएका छन् । उनले भने, ”राष्ट्र बैंकलाई गाली गर्नु कुनै औचित्य छैन । जबसम्म हामीलाई ऐनले आधिकारिक रुपमा तोक्दैन त्यो बेलासम्म हामीले केही कदम चलाउन सक्दैनौँ ।’’
उनले सहकारीको नियमन गर्ने भनेर अनुसन्धान, अध्ययन र प्रतिवेदन बुझाउनका लागि मात्र केन्द्रीय बैंकले नियमनको जिम्मेवारी नलिने बताए ।
प्रतिक्रिया दिनुहोस्