आइएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता


काठमाडौँ । आइएमई पे र सिटी एक्स्प्रेबीच सम्झौता भएको छ । सम्झौता अनुसार विदेशबाट पठाइएको रेमिट्यान्स ग्राहकवर्गहरुले सिधै आइएमई पे वालेटबाट दाबी गर्न पाउने भएका छन् ।

कम्पनीका अनुसार ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम झन्झट् बिना प्राप्त गर्न मिल्ने उदेश्यका साथ गरिएको हो ।

यो सुबिधा केही समयपछि लाईभ हुने र लागु गरेपछि ग्राहकवर्गहले रेमिट्यान्स वालेट मार्फत पाउन सक्ने कम्पनीले जनाएको छ ।