ह्वावेले साझेदार नेटवर्कलाई व्यापक रूपमा रूपान्तरण गर्ने


काठमाडौं । ह्वावेले एसिया प्यासिफिक (एपपिएसी) पार्टनर लिडरशिप शिखर सम्मेलन २०२३ सम्पन्न गरेको छ । आफ्नो साझेदार इकोसिस्टमलाई बलियो बनाउन ह्वावे क्लाउड एपिएसी गरेको जनाएको छ ।

ग्लोबल क्लाउड कम्पनीले इन्डोनेसियाको बालीमा २३ देखि २४ फेब्रुअरीसम्म एपिएसी पार्टनर सम्मेलन आयोजना गरेको थियो । “गो टुगेदर, ग्रो टुगेदर” भन्ने नाराका साथ दुई दिने शिखर सम्मेलन एशिया प्यासिफिक क्षेत्रको महत्वपूर्ण क्लाउड इकोसिस्टम कार्यक्रम रहेको कम्पनीले जनाएको छ ।

यसले दिगो विकासको अन्तिम लक्ष्य साझेदारको दक्षता निर्माण गरेर साझेदार नेटवर्कलाई व्यापक रूपमा रूपान्तरण गर्ने उल्लेख गरेको छ । ह्वावे क्लाउडको क्षमता विस्तार गर्न गो क्लाउड सेवा र सफ्टवेयर साझेदारहरूका लागि ६० मिलियन अमेरिकि डलर लगानी प्रतिबद्ध गरिएको छ । यसले साझेदारीहरू मार्फत प्रभावकारी सहकार्यलाई सक्षम बनाउने अपेक्षा कम्पनीले गरेको छ ।

ह्वावे क्लाउड एपिएसी का अध्यक्ष जेंग छिंग्युनले एपिएसीको सबैभन्दा छिटो बढ्ने क्लाउडको रूपमा ह्वावेको महत्वाकांक्षी लक्ष्य राजस्व वृद्धि रहेको घोषणा गरे । उनले ह्वावे क्लाउड एपिएसी को इकोसिस्टम साझेदारहरू चाइना मोबाइल इन्टरनेशनल, ओरेन्ज बिजनेस सर्भिस, ह्युमनिका, योनयु र अन्यलाई मान्यता दिएका छन् ।

ह्वावे क्लाउडमा रणनीति र उद्योग विकासका अध्यक्ष जोय हुआंगले किइ ह्वावे क्लाउड ग्लोबल रणनीति अपडेटहरू घोषणा गरे । ह्वावे क्लाउड चीनमा नम्बर २, थाइल्याण्डमा ३ र एशिया प्यासिफिकको विकासशील बजारहरूमा नम्बर ४ मा बढेको छ, साथै एशिया प्रशान्त क्षेत्र भरि बलियो उपस्थितिको साथ यस क्षेत्रका शीर्ष ५ अग्रगामीहरू मध्ये सबैभन्दा छिटो बढ्दो क्लाउड प्रदायक बनेको उल्लेख गरेको छ ।

यसको सार्वजनिक क्लाउडले २९ क्षेत्रहरू, ७५ एजेडएस, र २,८००ं सीडीएन नोडहरू विश्वव्यापी रूपमा सञ्चालन गर्दछ । यसले डाटा स्थानीयकरण र व्यवस्थापन सेवाहरू प्रदान गर्ने उल्लेख गरिएको छ ।