आर्थिक स्थायित्वका लागि ब्याजदरमा लकअप प्रणाली आवश्यक : चेम्बर अध्यक्ष मल्ल


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आर्थिक स्थायित्वका लागि ब्याजदरमा ‘लकअफ’ प्रणाली लागु गर्नुपर्ने बताएका छन् ।

ब्याजदर अस्थिर हु“दा ऋणीहरू मर्कामा परेको र लगानीको वातावरण सिर्जना हुन नसकेको भन्दै अध्यक्ष मल्लले लकअप प्रणालीमा जानुपर्ने बताएका हुन् ।

उद्योग व्यवसाय सञ्चालन, घरजग्गा, कृषि लगायत विभिन्न प्रयोजनमा ऋण लिने प्रक्रियामा शुरुवाती चरणमै निश्चित व्याजदर कायम गर्ने र पछि फेरबदल नहुने हो भने वित्तीय क्षेत्रमा अस्थिरता नआउने अध्यक्ष मल्लको भनाई छ ।

दोलखा चेम्बरको आयोजनामा भएको महोत्सवलाई सम्वोधन गर्दै अध्यक्ष मल्लले बैंक वित्तीय संस्थामा भएको उच्च ब्याजदरका कारण व्यावसायिक गतिविधी ठप्प प्राय भएको बताए । उनले भने,“ब्याजदर १५/१६ प्रतिशत सम्म कायम छ । ऋण लिएर व्यवसाय गर्ने वातावरण छैन, उद्योगी व्यवासायीहरु पलायन हुने अवस्था सिर्जना भएको छ ।”

बैंक वित्तीय संस्थाले आधार दरमा लिने प्रिमियम उच्च हु“दा पनि ऋणीहरू मर्कामा परेको अध्यक्ष मल्लले बताए । उनले भने,“आर्थिक विकास र समृद्धिका लागि वित्तीय स्थायीत्व र लगानीको वातावरण सिर्जना गर्न आवश्यक छ ।”

उद्योग तथा साना व्यवसायमा सामुहिक लगानी माफर्त नया“ रोजगारी सिर्जना गर्नका लागि निजी क्षेत्र र सरकारबिच हातेमालो गर्न आवश्यक रहेकोमा अध्यक्ष मल्लको जोड थियो । कृषि, पर्यटन, एवं साना उद्योगको विकास राज्यको प्राथमिकतामा पर्नुपर्ने अध्यक्ष मल्लले बताए ।