‘सहकारीलाई राष्ट्र बैंकले नियमन गर्नु अन्तर्राष्ट्रिय मूल्य र मान्यता विपरीत’


काठमाडौँ । पचास करोडभन्दा ठूला सहकारीलाई राष्ट्र बैंकले नियमन गर्ने भन्नु गलत नभए पनि सहकारीको अन्तर्राष्ट्रिय मूल्य र मान्यताअनुसार नहुने नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोख्रेरलले बताए ।

नेफ्स्कुनले फागुन २४ र २५ गते आयोजा गर्न लागेको साकोसका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठीको जानकारी गराउन आयोजन गरेको पत्रकार सम्मेलनमा पोख्रेरले राष्ट्र बैंकले नियमन गर्दा सहकारीको मूल्य र मान्यता हराउने बताएका हुन् ।

गोष्ठी व्यवस्थापन कार्यदलका संयोजक दिपक पनेरुले नेपालको सहकारी अभियान तरलताको दबाबमा रहेको अवस्थामा राष्ट्रिय गोष्ठीको आयोजना गर्दा विभिन्र क्षेत्रबाट सकारात्मक र नकारात्मक प्रतिक्रया आएको बताएका छन् । उनले भने, “व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठीले विभिन्र समस्याका विषयहरुमा विज्ञहरु मार्फत समाधान प्रस्तुत गर्ने छौँ ।’’

गोष्ठीमा सात वटा विषयका सामूहिक सत्र संचालन हुने जनाइएकाे छ । दुई दिन हुने गोष्ठीमा वर्तमान परिदृश्यमा दिगो साकोस अभियानको लागि जिम्मेवार व्यवस्थापन र संघको भूमिका, वित्तीय सहकारीको छवी निर्माण समावेशी संरचना र प्रविधि हस्तान्तरण, विश्व अर्थतन्त्र: वित्तीय सहकारीमा प्रभाव, सम्भावना र चुनौती गरी तीन विषयहरुमा प्रस्तुती रहने गोष्ठीका संयोजक पनेरुले बताए ।