आईएमई पे र वैदेशिक रोजगर विभाग अन्तर्गत ईपीएस कोरिया शाखाबीच सम्झौता


काठमाडौँ । आईएमई पे र वैदेशिक रोजगर विभाग अन्तर्गत ईपीएस कोरिया शाखाबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार ईपीएस कोरिया शाखा मार्फत नेपाली श्रमिकहरुलाई कोरिया पठाउने प्रक्रियाका लागि डिजिटल भुक्तानी सम्बन्धी कार्यको प्रवद्र्धन ‘आईएमई पे’ ले गर्ने कम्पनीले जनाएको छ ।

नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग अन्तर्गत स्थापना भएको ईपीएस कोरिया शाखले श्रम बजारमा देखिएका समस्या समाधान गर्न नेपाली श्रमिकहरुलाई कोरिया पठाउँदै आएको छ । सोही प्रक्रिया सम्पन्न गर्नका लागि आवेदनको दस्तुर तथा अन्य दस्तुरहरु आईएमई पे बाट भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।