११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै


काठमाडाैँ । आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । विश्वभर विभिन्न कार्यक्रम गरेर ११३औँ नारी दिवस मनाइँदैछ ।

नेपालमा पनि सरकारले सार्वजनिक विदा दिएकाे छ भने सरकारी तथा गैर सरकारी संघसंस्थाहरूले विभिन्न कार्यक्रम गरेर मनाउदै छन् ।

यस वर्षकाे नारा ‘लैंगिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ तय गरिएकाे छ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ ।