बिजनेस समिटको टाइटल स्पोन्सरमा वर्ल्ड लिंक कम्युनिकेसन


काठमाडौँ । नेपाल बिजनेस समिट २०२३ को टाइटल स्पोन्सरमा वल्र्ड लिंक कम्युनिकेशन रहने भएको छ । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा बैशाखको दोस्रो हप्ता आयोजना हुने बिजनेस समिटमा वल्र्ड लिंकले साझेदारी गरेको हो ।

‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ भन्ने मूल नारासहित अन्तराष्ट्र्रिय ढाँचामा आयोजना हुने शिखर सम्मेलनमा आर्थिक एवं बैंकिङ क्षेत्रको पछिल्लो आर्थिक अवस्था, टेलिकम्युनिकेशन क्षेत्र र डिजिटल नेपाल फ्रेमवर्कलगायतका बिषयमा राष्ट्रिय र अन्तराष्ट्रिय वक्क्ताहरुले आफनो प्रतिवेदन पेश गर्ने छन् ।

वल्र्ड लिंकको कार्यालय जावलाखेलमा टाइटल स्पोन्सरका लागी आयोजित हस्ताक्षर कार्यक्रममा वल्र्ड लिंककातर्फबाट सञ्चालक मनोज अग्रवाल र नेपाल बिजनेस इन्स्टिच्युटकातर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर कार्यक्रममा वल्र्ड लिंकका सञ्चालक मनोज अग्रवालले डिजिटल प्रविधिसहितको आर्थिक विकास नै समृद्धीको मुल आधार भएकाले उद्ममशीलता र ब्यवसायिक प्रवद्र्धनका लागि बिजनेस समिटमा साझेदारी गरेको जानकारी गराए ।

सम्मेलन मुल आयोजक कमिटीका संयोजक समेत रहेका नेपाल बिजनेस इन्स्टिच्युटकातर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले शिखर सम्मेलनले ठुला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने, लगानीका नयाँ क्षेत्रको पहिचानसहित उत्पादनमूलक, रोजगारीमूलक, निर्यातमूलक क्षेत्रमा लगानी विस्तार गर्ने, उद्यमी–व्यवसायीले भौग्दै आएका नीतिगत र व्यवहारगत समस्याहरु समाधान गर्दै थप लगानी भित्र्याउने, निर्यात प्रवद्र्धन गर्ने र सो को लागि साझेदारी तथा लगानी गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा टेवा पु¥याउने उद्देश्य राखेको जानकारी गराए ।

शिखर सम्मेलनकै अवसरमा देशभरका पत्रकारलाई लक्षित गरीे “आर्थिक एवं बैंकिङ क्षेत्रका चुनौती र समृद्धिको मार्गचित्र” विषयक राष्ट्रियस्तरको लेख लेखन प्रतियोगिता समेत आयोजना भइरहेको छ । सिविफिन, एनबिआई र नेपाल पत्रकार महासंघसमेतको साझेदारीमा ४ लाख बरावरको फेलोसीप कार्यक्रम आयोजना गरिएको हो । उत्कृष्ट १५ वटा लेखहरुलाई र्याङ्किङ्गका आधारमा नगद पुरस्कार र प्रसंशा पत्रबाट पुरस्कृत गरिने छ भने सफल उद्यमी÷व्यवसायी, करदाता र बैंक तथा वित्तीय संस्थाहरुलाई समेत अर्वाडमार्फत सम्मान गरिने छ । सम्म्ेलनमा संघीय सरकारका विभिन्न मन्त्रालयहरुको साझेदारी गरेका छन् ।