सूर्यज्योति लाइफले लाभांश वितरण नगर्ने


काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभाशं वितरण नगर्ने निर्णय गरेको हो ।

हिजो चैत्र १ गते, बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८र०७९ को मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीले साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी तथा साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी वित्तिय विवरण अनुसार आर्थिक वर्ष २०७८ र ०७९ मा दुबै कम्पनीमा वितरण योग्य मुनाफा रहेको भएता पनि सो मुनाफाबाट हाल शेयरधनीहरुलाई लाभांश वितरण नगरी जगेडा कोषमा राख्ने निर्णय गरेको हो ।