नेपालको खराब सुरुवात, छैठौँ ओभरमा तेस्रो झट्का


काठमाडौं । युएईले दिएको तीन सय ११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ । नेपालले दोस्रो ओभरभित्रै दुई विकेट गुमाएको थियो। तेस्रो विकेटमा कप्तान रोहितकुमार पौडेल क्याच आउट भएको छन् ।

पहिलो ओभरको दोस्रो बलमा ओपनर आशिफ शेख डकआउट भए । अर्थोडक्स लेगस्पिनर अफजल खानको बललाई अगाडि बढेर ठूलो सट खेल्ने प्रयास गर्दा उनी स्टम्पिङ हुन पुगे। यस्तै दोस्रो ओभरको तेस्रो बलमा कुशल मल्ल व्यक्तिगत ५ रनमा आउट भए। जुनाइद सिद्धिकिको बलमा उनी आर्यन लक्राबाट क्याच आउट भए। छैठौँ ओभरको पाचौँ बलमा कप्तान रोहितकुमार पौडेल क्याच आउट भएका छन् ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनायो।

यो ओडिआईमा नेपालविरुद्ध कुनै पनि विपक्षी टोलीले दिएको हालसम्मकै उच्च योगफल हो।

अहिलेसम्मकै सबैभन्दा ठूलो लक्ष्य पछ्याएको नेपालका लागि अहिले कप्तान रोहित पौडेल र कुशल भुर्तेल खेलिरहेका छन् ।

७ ओभरको समाप्तिमा ३ विकेट गुमाएर नेपालले ३८ रन बनाएको छ ।