यूएईलाई हराउँदै विश्वकप छनोटमा नेपाल


काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएईसँग भएको एकदिवसीयमा नेपालले जित हासिल गरेको छ ।

काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईमाथि जित हासिल गरेको हो । लिग२ को अन्तिम खेलमा युएईलाई डिएल मेथडमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।

नेपालको जितमा कुशल भुर्तेल‚ भीम सार्की‚ आरिफ सेख र गुल्शन झाको अर्धशतकले प्रहार गरे ।

टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रनको लक्ष्य दिएको थियो ।