नेपाली क्रिकेट टोलीलाई जनही तीन लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा


काठमाडौँ । नेपाल राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनहि ३ लाख दिने घोषणा गरेका छन् ।

शुक्रबार बिहान वालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल राष्ट्रिय क्रिकेट टीमका सबै सदस्यलाई सम्मान गर्दै ३ लाख दिने घोषणा गरेका हुन ।

विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गर्न सफल राष्ट्रिय टीमका खेलाडि र प्रशिक्षकसहित ३ लाखका दरले पुरस्कार दिने घोषणा गरेका छन् ।

नेपालले बिहीबार घरेलु मैदानमा यूएईलाई ९ रनले पराजित गर्दै क्रिकेट विश्वकप लिग टु को तेस्रो स्थानमा रहेर विश्वकप क्वालिफायरमा स्थान पक्का गरेको थियो ।