कीर्तिपुर रङ्गशालाको फाेहर वाईवाईले सफा गर्याे


काठमाडाैँ । कीर्तिपुरस्थित क्रिकेट रङ्गाला वरवरकाे फाेहर वाईवाईले सरसफाइ गरेकाे छ । खेलका दौरान थुप्रिएको चाउचाउका खोल, पानीका बोत्तल लगायत अन्य फोहोरलाई वाईवाईले आज सफा गरेको हो ।

“बनौँ आदर्श नागरिक” भन्ने नाराका साथ लामो समयदेखि सामाजिक क्रियाकलापहरू गर्दै आएको सिजी फुड्सले खेल मैदान र वरपर सरसफाई गरि आफ्नो सामाजिक दायित्त्व निर्वाह गरेको बताएको छ ।

मैदान भित्र र बाहिर गरेर तीसौँ हजार दर्शकको उपस्थिति रहेको खेलकाे अवधिमा वाईवाई तयारी चाउचाउकाे अत्याधिक रूपमा खपत भएको सीजी फुड्सले जनाएको छ ।

आइसीसी लिग टू अन्तर्गतको बिहिबार त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सम्पन्न अन्तिम खेलमा नेपालले युएईलाई डकवर्थ लुइस मेथडबाट ९ रनले पराजीत गरेर जिम्बावेमा हुने विश्वकप छनौट प्रतियोगिताका लागि स्थान सुरक्षित गरेकाे छ ।